कुर्कुच्चा फुटेर चिन्तामा हुनुहुन्छ ? त्यसोभए अपनाउनुस् यी ५ घरेलु उपाय

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । के तपाई कुर्कुच्चा फुटेर एकदमै चिन्तामा हुनुहुन्छ ? त्यसोभए चिन्ता नलिनुस् , हामीले घरमै बसेर सजिलै कुर्कुच्चा फुटेको निको पार्न सकिन्छ । यो समस्याबाट बच्ननको लागी महिलाहरुले विभिन्न किसिमका क्रिमहरु लगाउने गर्छन् । तर यस्ता क्रिमले केही पनि हुदैन् । यदि तपाईको पनि कुर्कुच्चा फुटेको छ भने यी ५ घरेलु उपाय अपनाउनुस् ,चट्टै निको हुन्छ ।

१. कुर्कुच्चालाई नियमित सफा गरेर नरम बनाउनुपर्छ । त्यसका लागी सुत्नुअघि तातो पानी र नुनको घोल बनाएर फुटेको कुर्कुच्चा धुनुस् । अनि सुकेपछि तेल वा क्रिम लगाउनुपर्छ ।

२. केराको गुदी पनि खुट्टा फुटेको समस्याको लागी लाभदायक हुन्छ । त्यसका लागी फुटेको ठाँउमा १० मिनेटसम्म केराको गुदी लगाएर चिसो पानीले धुनुपर्छ ।

३. कागती र तातो पानीको घोल बनाएर फुटेको खुट्टालाई १५ मिनेटसम्म डुबाउदा राम्रो हुन्छ ।

४. यदि फुटेको खुट्टामा मेवाको गुदी लगाएर मसाज गर्दा पनि लाभदायक हुन्छ ।

५.यदि फुटेको कुर्कच्चालाई आधा बाल्टिन पानीमा ग्लिसिरिन हालेर १५ मिनेटसम्म डुबाएर चिसो पानीले धुदाँ फाइदाजनक हुन्छ । अनि खुट्टा सुकेपछि लोसन लगाउनुस् ।

६.ठिक्क दुध र महको घोल बनाएर त्यसमा १५ मिनेटसम्म खुट्टा डुबाएमा कुर्कच्चा फुटेको निको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *