प्रेम सम्बन्धमा यो एक शब्दको प्रयोग गर्नुस् , जसले तपाईको सम्बन्ध बनाउनेछ एकदमै राम्रो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले प्रविधि र विज्ञानको विकाससँगै प्रेम सम्बन्ध भन्ने कुरा सामान्य भएको छ । अझ भन्नुपर्दा प्रविधिको गलत प्रयोगले प्रेम र विश्वास हराउदै गएको छ । तपाईले देख्नु वा सुन्नु भएको छ ,विवाह गरेको २ महिनामै डिभोर्स भएका समाचारहरु । यसको मुख्य कारण भनेको एक अर्कामा समझदारी नहुनु नै हो । किनभने यो युगका एक अर्कोलाई धेरै शंका गर्यो भने विस्तारै सम्बन्ध विग्रदै जान्छ भने स्वतन्त्र छोडिदियो भने पनि मायाको महत्व नै हुदैन् ।

त्यसैले प्रेम सम्बन्धमा रहदाँ दुवैले सानो सानो गल्तीलाई स्वीकारेर अघि बढ्नुपर्छ । धेरै जोडीहरुको गुनाँसो हुन्छ ,हाम्रो केही पनि कुरा मिल्दैन् , म सम्बन्ध विच्छेद गर्न चाहन्छु । तर सम्बन्ध विच्छेद गर्नु समस्याको समाधान होइन् । त्यसो त जसरी सम्बन्ध जोडन सजिलो हुन्छ , त्यसैगरी सम्बन्धलाई टिकाई राख्न निकै गाह्रो हुन्छ ।

एक अध्ययनको अनुसार यसरी प्रेम सम्बन्धमा चिसोपना आउनुको कारण एकअर्कामा हुने कुराकानी भएको पत्ता लगाएको छ । जुन हामीले नियमति बोल्ने शब्द र सोचाईमा भर पर्छ ।

अर्को क्यालिफोर्निया विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार जुन ब्यक्तिले ‘म’ सट्टा ‘हामी’ शब्द प्रयोग गर्छन् ती जोडीको सम्बन्ध निकै सुमधुर भएको पत्ता लगाएको छ । अध्ययनले जुन जोडीहरुले ‘म’ सट्टा ‘हामी’ को प्रयोग गरेर बोलेका छन् , तिनीहरु जीवनमा निकै खुसी र सुखी भएको पता लगाएको छ । उक्त अध्ययनमा अगाडि नै ती जोडीहरुको व्यवहार, सम्बन्ध, खुशी साथै शारीरिक र मानसिक स्वास्थ्य परिक्षण गरेर मात्र अध्ययनको निछोड निकालेको थियो ।त्यसैले आजैदेखि तपाई पनि म र मेरो भन्नुभन्दा पनि हाम्रो भनेर कुराकानी सुरु गर्नुस् ,सम्बन्ध कहिल्यै बिच्छेद हुदैँन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *