मेथीको दाना र साग दुवै स्वास्थ्यको लागी फाइदाजनक ,जान्नुस् यसको ५ फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । मेथी स्वाद मात्र होइन् , स्वास्थ्यको लागी पनि फाइदाजनक चिज हो । यसको दाना र साग दुवैलाई केही बिरामीको औषधी मानिन्छ । मेथीमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन सी, नायसिन, पोटासियम र डायोसजेनिन लगायतका तत्वहरु पाइन्छ । विशेषगरी मेथीको साँगलाई रुघाखोकी लागेको बेला खोजी खोजी खाइन्छ । किनभने यो रुघाखोकीको लागी औषधी हो । हेर्नुस् मेथी खानुका के के छन् फाइदाहरु ?

१. मेथीको सेवनले कोलेस्ट्रोल कम गर्न मदत गर्दछ । त्यसका साथै रक्त सञ्चार राम्ररी गराउन पनि मदत गर्दछ ।

२. डायबिटिज रोगीको लागी मेथी र मेथीको साग फाइदाजनक हुन्छ । त्यसका लागी बेलुका मेथीलाई पानीमा भिजाएर विहान त्यसको पानीको चियाँ बनाएर खानुपर्छ ।

३. यदि तपाईको पाचनका केही समस्या छ भने बेलुका भिजाएको मेथीको पानीलाई चिया बनाएर खादाँ विस्तारै ठिक हुन्छ । अथवा मेथीको सागको तरकारी खानु पनि पाचनको समस्या भएको बिरामीलाई राम्रो हुन्छ ।

४. यदि नियमित मेथी र मेथीको सागको तरकारी खाएमा जोर्नी दुखाई वा हड्डीको दुखाई कम हुन्छ ।

५. नियमित मेथीको सेवनले शरिरमा रोग प्रतिरोधात्मक क्षमताको वृद्धि हुन्छ । त्यसैले शरिरमा लाग्ने विभिन्न रोगहरुबाट बच्न मेथीको चियाँ, परौठा र तरकारी बनाएर खानुस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *