चलचित्र ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘सरौतो’ को पहिलो गीत ‘कुले दाई’ सार्वजनिक भएको छ । सार्वजनिक लोक दोहोरी शैलीको गीतमा चर्चित गायक राजनराज शिवाकोटीको शब्द ,संगीत र स्वर रहेको छ । उनलाई स्वरमा मिलन नेवारले साथ दिएका छन् । त्यस्तै यस चलचित्रबाट छायाँकार हरि हुमागाईंले निर्देशनमा डेब्यू गर्दै छन् ।

त्यसैगरी भिडियोमा निलिशा शाक्यको कोरियोग्राफी र उत्तम हुमागाईको छायाकंन रहेको छ । भिडियोमा नायक सन्नी सिहं ,नायिका सुमी मोक्तान लगायतका कलाकारले अभिनय गरेका छन् ।

त्यस्तै विरान्जना इन्टरटेनमेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्म्स् एण्ड ग्लिटर फिल्म्स स्टुडियोको ब्यानरमा निर्माण भएको चलचित्रमा राघव कृष्ण गौतमको लेखन, निमेष श्रेष्ठको सम्पादन , शंकर महर्जनको एक्सन र राजनराजसँगै पुष्पन प्रधान, कमल खत्री, कोसिस क्षेत्रीको संगीत रहेको छ । चलचित्रमा सुमी र सन्नीका साथै विजय लामा, युवराज लामा, धिरेन शाक्य, आमिर गौतम, अरुणा कार्की लगायतका थुपै कलाकारले अभिनय गरेका छन् । कात्तिक २२ मा रिलिज हुने चलचित्रमा कार्यकारी निर्माताको रुपमा सिर्जना जोशी र लक्ष्मी कुमारी तामाङ रहेका छन् । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *