सलमान खानलाई ज्यान मार्ने धम्की दिने २ युवक पक्राउ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको अभिनेता सलमान खानलाई सामाजिक सञ्जालमा धम्की दिने केसमा २ युवक पक्राउ परेका छन् । ती दुवै जना नै युवकलाई पत्ता लगाइ सकिएको छ । एक युवकको नाम जैकी बिशनोई र अर्कोको नाम लारेस बाबल हो । दुवै जना युवकलाई गाडी चोरी र ड्रग्स स्मग्लिङ केसमा गिरफ्तार गरिएको थियो ।आरोपित युवकले २६ सेप्टेम्बरमा फेसबुकमार्फत सलमान खानलाई ज्यान मार्ने धम्की दिएका थिए । प्रहरीको अनुसार आरोपीले चर्चा कमाउनको लागी फेसबुकमा यस्तो पोष्ट गरेको बताएका छन् ।

२६ सेप्टेम्बरमा आरोपी जैकीले फेसबुकमा यस्तो पोष्ट गदै ज्यान मार्ने धम्की दिएका थिए , उसको अपराधको लागी अदालतले सजायँ दिनेछ , म उसको ज्यान मार्नेछु ,उसको सजाय म दिउलाँ । यो पोस्ट सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले छानमिन गरेर पक्राउ गरेको हो । आरोपीले यो पोस्ट कालो हरिण शिकारको केसमा लेखेका थिए ।

सलमानलाई १९९८ देखि कालो हरिण शिकारको केस चलिरहेको छ । यस केसमा २७ सेप्टेम्बरमा सुनुवाई हुनेवाला थियो , तर सलमान खानको वकिलले सुरक्षा र स्वास्थ्यको कारण देखाई तारिख सारेको छ । अब यस केस १९ डिसेम्बरमा सुनावाई हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *