सलमान खानको फिल्म राधेमा यी अभिनेत्रीको इन्ट्री , दबंग खानको आमा बन्दै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ ।बलिउडका सुपरस्टार सलमान खानले आफ्नो आगामी फिल्म राधेको घोषणा गरेका छन् । फिल्ममा दिशा पटानी सलमानको अपोजिटमा काम गदैछिन् । यसै क्रममा फिल्ममा ७० औँ दशकको चर्चित अभिनेत्री जरिना बहाबको पनि इन्ट्री भएको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार राधेमा जरिना बहाबले सलमानको आमाको भूमिका निभाउदै छिन् । यो सलमान र जरिनाले एकैसाथ काम गरेको पहिलो पटक हो । बताए अनुसार जरिनाको छोरा सूरज पंचोलीलाई पनि सलमानले नै बलिउडमा प्रवेश गराएका थिए । त्यसैले सलमान र जरिनाको पारिवारिक रुपमा निकै गहिरो रिलेशन रहेको छ ।

फिल्मको ८ नोबेम्बरबाट लगातार शूटिङ हुनेछ । फिल्ममा सलमान र दिशासँगै जैकी श्राफ, रणदीप हुड्डाको मुख्य भूमिका रहेको छ । प्रभुदेवाको निर्देशनमा बन्न लागेको यो फिल्म ,सलमानको साथमा तेस्रो फिल्म हो । यसअघि सलमान र प्रभुदेवाले वान्टेडमा सँगै काम गरेका थिए । हाल उनीहरुको दबंग ३ सिनेमाघरमा रिलिज हुने तयारीमा छ । राधे अर्को वर्षको इदमा रिलिज हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *