‘पानीपत’ को पोस्टरमा संजय दत्तको यस्तो लुक्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । संजय दत्त र अर्जुन कपूरको फिल्म ‘पानीपत’को दोस्रो पोस्टर रिलिज भएको छ । सार्वजनिक पोस्टरमा संजय दत्त योद्धाको लुक्समा देखिएका छन् । जुन तस्विर निकै दमदार देखिएको छ । फिल्ममा संजयले अफगानिस्तानको सुल्तानको भूमिका निभाएका छन् । जसमा उनको नाम अहमद शाह अब्दाली रहेको छ । यो कुराको संजय आफैले इंस्टाग्राममा पोस्टर सेयर गदै जानकारी दिएका हुन् । यो फिल्मको ट्रेलर भोलि (मंगलबार) रिलिज हुदैँछ । पोस्टरमा उनकी छोरी त्रिशालाले लव यु भन्दै कमेन्ट गरेकी छिन् ।

यस फिल्मको कहानी पानीपतको तेस्रो लडाईमा आधारित रहेको छ ।जुन १४ जनवरी १७६१ को मराठाओ र अफगानिस्तानको सुल्तान अहमद शाह अब्दालीबीच पानीपतमा भएको थियो । फिल्ममा अर्जुन र संजयसँगै कृति सेनन , जीनत अमानको प्रमुख भूमिका रहेको छ । फिल्म यस वर्षको ६ डिसेम्बरमा रिलिज हुदैँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *