के ‘धुर्मुस सुन्तली’ को फिल्म ‘सेन्टी भाइरस’ शिवरात्रीमा आउँला ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को फिल्म ‘सेन्टी भाइरस’को छायाकंन केही दिन अगाडि नै सकिएको छ । हाल फिल्मको सम्पादनको काम भइरहेको छ । तर धुर्मुस र सुन्तलीले फिल्म कहिले रिलिज हुन्छ घोषणा गरेका छैनन् । त्यसो त उनीहरुले फिल्म निर्माण , सम्पन्न कुनै पनि काममा हतारो गरेका छैनन् । यद्यपि दर्शकहरुले भने ‘सेन्टी भाइरस’ कहिले आउछ भनेर प्रतिक्षा गरिराखेका छन् ।

अहिले ‘सेन्टी भाइरस’ निर्माण टिम फिल्मको उपयुक्त प्रर्दशन मिति खोज्दै छन् । एक जानकारी अनुसार वितरकले फिल्म प्रर्दशनको लागी २ वटा मिति फाल्गुण ९ र चैत २८ गतेलाई दिएको छ । तर यी २ वटै मितिमा हलमा अन्य फिल्महरु पनि प्रर्दशन हुदैछ । चैत २८ गते नायक प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’ रिलिज हुदैँछ , भने फाल्गुण ९ मा सौगात मल्ल अभिनित लप्पन छप्पन २’ र विराज भट्टको ‘साङ्लो’ रिलिज हुदैँछ । त्यसैले निर्माण टिम यी २ मितिमध्ये कुन मितिमा फिल्म रिलिज गर्ने दोधारमा परेका छन् । तर निर्माण टिमले शिवरात्रीमा विदा पर्ने भएकाले फाल्गुण ९ मा फिल्म प्रर्दशन गर्ने अनुमान गरिएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा धुर्मुस सुन्तली स्वयंले अभिनय गरेका छन् । फिल्म नायक दयाहाङ राई अतिथि भूमिकामा देखिदैछन् । अन्य कलाकारहरुमा राजाराम पौडेल , विल्सन विक्रम राई ,वुद्धि तामाङ, कमलमणि नेपाल , सूर्यमाला खनाल लगायतले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *