अमिताभ बच्चनले आफुलाई मन पर्ने फिल्ममा छाने यी ६ फिल्म , कुन कुन हुन् ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडको महानायक अमिताभ बच्चनको नाम भारतीय सिनेमाको सर्वोच्च पुरस्कार दादा साहेब फाल्के पुरस्कारको लागी छानिएको छ । जसले गर्दा गोवामा हुने अन्तराष्ट्रिय फिल्म फेस्टिवल अफ इन्डियामा अमिताभको फिल्म प्रर्दशन हुदैछ । बताए अनुसार त्यसका लागी अमिताभको ६ फिल्म छानिएको छ ।

खास कुरा यो छ कि , यी ६ फिल्महरु अमिताभ आफैले छानेका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार अमिताभले आफुलाई मन पर्ने ती ६ फिल्महरुको नाम फेस्टिवल आयोजनकलाई दिइसकेका छन् । ती फिल्ममा ब्लैक , दीवार, पीकू , शोले, बदला र पा परेको छ । फेस्टिवलमा भारतीय फिल्मका साथै विदेशी फिल्महरु पनि सहभागी हुन्छन् ।

हरेक वर्ष नवेम्बर २० मा फेस्टिवलको सुरुवात हुन्छ । हरेक वर्ष दादा साहेब फाल्के पुरस्कार विजेताको फिल्म प्रर्दशन हुन्छ । यसपटक अमिताभ बच्चनको फिल्म देखाइदैछ । किनभने यो पटक अमिताभ दादा साहेब फाल्के पुरस्कारमा सम्मानित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *