विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ’को टिजर सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली फिल्म ‘सेल्फी किङ’ को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा फिल्मको मुख्य कलाकार विपिन कार्की देखिएका छन् । उनलाई टिजरमा फरक अवतारमा देख्न सकिन्छ । टिजरमा उनले एक डाइलग बोलेका छन् ,जसले दर्शकहरुको ध्यान तानेको छ । यसअघि फिल्मको फस्टलुक पोस्टर सार्वजनिक भैसकेको छ । जसले दर्शकहरुलाई फिल्म कस्तो बन्ला भनेर झनै कौतुहलता बढाएको छ ।

विशाल सापकोटाको निर्देशनमा बनेको फिल्ममा सुशन प्रजापतिको छायाकंन , जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत , निर्मल लामाको कोरियोग्राफी र ं विशाल स्वयंको लेखन रहेको छ । दिनेश राउत र सुवास थापा फिल्मको निर्माता हुन् । ड्रामेडी जनरामा निर्माण भएको फिल्ममा विपिनसँगै लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, जीवन भट्टराई, कमल देवकोटा लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । यो फिल्म आउँदो माघ २४ गतेबाट रिलिज हुदैँछ । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *