‘संझना विर्सना’को छायांकन स्थलबाटै पूजाको लुक्स सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले फिल्म ‘संझना विर्सना’को भारतको सिलगुडीमा छायाकंन भइरहेको छ । फिल्ममा नायक आकाश श्रेष्ठ र नायिका पुजा शर्माको प्रमुख भूमिका रहेको छ । उनीहरु यो फिल्मबाट चौथो पटक सहकार्य गदैछन् । यसअघि उनीहरु ‘पोइ पर्यो काले’मा सँगै देखिएका थिए । हाल यी दुवैको ‘सम्हालिन्छ कहिले मन’ प्रर्दशनको तयारीमा छ । यता, ‘संझना विर्सना’ मा केही दिन अगाडि मात्र नायिका छुल्ठिम गुरुङको पनि प्रवेश भएको छ ।

यसैबीच , हाल फिल्मको छायाकंन स्थलबाट नायिका पुजा शर्माको लुक्स सार्वजनिक भएको छ । यो कुराको पुजा आफैले नाम र लुक्स सार्वजनिक गदै जानकारी दिएकी हुन् । उनी फिल्ममा ‘संझना’को भूमिकामा देखिदैछिन् । सार्वजनिक भएको तस्विरमा उनी एउटा तस्विरमा लजालु युवती र अर्को तस्विरमा रिसाएको देखिएकी छिन् ।

निमेष प्रधानले निर्देशन गरिरहेको फिल्मको आदित्य प्रधान र रेविका प्रधान लगानीकर्ता हुन् । यो फिल्म प्रेम कथामा आधारित रहेर बन्न लागेको बताइएको छ । शिव ढकालले खिचिरहेको फिल्म सिलगुडीपछि दार्जि्लिङ्ग र सिक्किमको सुन्दर ठाउँहरुमा छायाकंन हुनेछ । फिल्ममा आकाश र पुजासँगै शिशिर राणा , सुनिल थापा , मेनुका प्रधान ,मदन भुजेल लगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *