सलमान खानको फिल्म ‘राधे’ को सेटमा रणदीप हुड्डा घाइते , अस्पतालबाट आयो यस्तो तस्विर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउड अभिनेता रणदीप हुड्डा फिल्म ‘राधे’ ,मोस्ट वान्टेड भाइको शुटिङको क्रममा घाइते भएका छन् । यस फिल्ममा रणदीपको भिलेनको मुख्य भूमिका रहेको छ । भारतीय सञ्चार माध्यमका अनुसार रणदीप ‘राधे’ को शुटिङको क्रममा एक एक्शन सिन गरिरहेका थिए ,त्यसैक्रममा उनलाई चोट लाग्न पुग्यो । त्यसपछि उनलाई कोकिलाबेन धीरुभाई अंबानी अस्पतालमा भर्ना गरेर उपचार गरियो । हाल उनको स्वास्थ्यमा सुधार आएसँगै अस्पतालबाट डिभार्ज भएका छन् । अहिले रणदीपको अस्पतालको तस्विर सामाजिक सञ्जालमा भाइरल भएको । उनको फ्यानहरुले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । जहाँ उनी व्हील चियरमा देखिएका छन् ।

बताए अनुसार ,यस फिल्ममा एक्सन सिनको डिजाइन गर्नको लागी सलमान खानले विशेष कोरियन स्टंट टिमसँग साइन गरेका छन् । फिल्ममा ४ देखि ५ वटा एक्सन सिन हुनेछ । ‘राधे’ २०२० को इदमा रिलिज हुने तयारीमा छ । फिल्ममा सलमानको अलवा दिशा पटानी र जैकी श्राफ मुख्य भूमिकामा छन् । यो फिल्मलाई प्रभुदेवाले निर्देशन गदैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *