‘जयसभाई जोरदार’ को फर्स्ट लुक सार्वजनिक : रणवीर सिहंको यस्तो गेटअप

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले ‘जयसभाई जोरदार’को छायाकंन भइरहेको छ । छायाकंनको क्रममा फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ । फर्स्ट लुक तस्विरमा अभिनेता रणवीर सिंह फरक गेटअपमा देखिएका छन् । बताए अनुसार उनी फिल्ममा एक गुजराती यूवकको भूमिकामा देखिदैछन् । तस्विरमा उनी हल्का जुगा र छोटो कपालमा निकै फरक देखिएका छन् ।

रणवीरले फिल्ममा आफ्नो भूमिकाको बारेमा भने ,“जयसभाई एकदमै फरक अभिनेता हो । एक साधारण मानिस ,जो एकदमै गाह्रो परिस्थितिमा फस्छ । पछि असाधारण मानिस बन्छ । जुन निकै संवेदनशील पात्र हो ।”

त्यसो त रणवीरलाई गुजराती यूवकको भूमिका निभाउनु ठुलो कुरो भएन् । किनभने उनलाई बलिउडमा हरेक फिल्ममा फरक चरित्र निर्वाह गर्न सक्ने अभिनेताको रुपमा चिनिन्छ । त्यसैले उनी हरेक फिल्ममा फरक फरक भूमिकामा देखिन्छन् । हाल उनी फिल्म ‘कविर खान–८३’मा काम गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *