इन्डियन आइडललाई मिल्यो नयाँ जज, अनु मलिक बाहिरिए

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । केही दिन अघि इन्डियन आइडलको जज अनु मलिक यो रियालिटी शो बाट विदा भए । त्यसपछि उनको सट्टामा हिमेश रेशमिया आएका छन् । अुन मलिक शो मा भएको बेला निकै विवाद भएपछि उनलाई बाहिरको बाटो देखाइएको हो । यद्यपि अनु मलिकले आफु तीन हप्ताको लागी विदामा बाहिर गएकाले आफ्नो ठाउँमा हिमेशलाई राखिएको दाबी गरेका छन् । अब लाग्छ , अनु मलिकलाई यस शोमा आउन निकै गाह्रो छ ।

यो सबै विवादमा अनु मलिकले एक खुला पत्र लेख्दै आफुप्रति लागेको आरोप झुठो भएको बताएका छन् । हाल उनी शोबाट बाहिरिएपछि हिमेशले इन्डियन आइडलको कुर्सी सम्हालिराखेका छन् । हिमेशले इन्डियन आइडलको कुर्सीमा बस्दै भने ,“म यो शो सधै हेर्छु ,मलाई यो शोमा बस्न कुनै समस्या छैन् ,किनभने मलाई प्रत्येक प्रतिस्पर्धीको क्षमता र स्वर थाहा छ । म यस शो मा दिल र जानसँग काम गदै छु ।”

के थियो अनुको मामला ?
अनु मलिकलाई एक महिलाले २०१८ मा यौन शोषणको आरोप लगाएकी थिइन् । त्यसपछि अुनले इन्डियन आइडलको कुर्सी छोडे । यस वर्ष उनी दोस्रो पटक शो मा आए । तर उनी विवादको पात्र बने । गायिका सोना मोहपात्राले अनुमालिकाको विरुद्धमा आवाज उठाउदै खुला पत्र लेखिन् । त्यसपछि गायिका नेहा भसिनले आफ्नो घटनाको कथा सुनाइन् । नेहाले आफुमाथि अनुले नराम्रो ब्यवहार गरेको बताएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *