शरिरमा रगतको कमी छ ? आजबाटै खान सुरु गर्नुस् यी ६ खानेकुरा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यदि तपाई एनिमियाबाट पिडित हुनुहुन्छ । यसको मतलब हो ,शरिरमा आइरनको कमी छ । यस्तो त्यसबेला हुन्छ ,जब रगतमा हेमोग्लोबिनको स्तर सामान्यभन्दा धेरै कम हुन्छ । त्यसैले हेमाग्लोबिनमा आइरनको मात्रा बनाएर राख्नु जरुरी छ । जसको कारण शरिरमा न्यूट्रिशन र अक्सिजनको पस्छ ।

एनिमिया र आइरनको कमीको लक्षण निकै सामान्य हुन्छ । जस्तै डिप्रेशन ,चक्कर आउने ,कमजोरी महसुस हुने ,थकान महसुस हुने आदि । यदि तपाईलाई केही यस्ता लक्षण देखा परेमा डाक्टरको गएर तुरुन्त रगत चेक गर्नुपर्छ । एनिमिया हुनुको मुख्य कारण भिटामिन बी १२ या फोलिक एसिड र आइरनको कमी हो ।त्यसैले आफ्नो डाइटमा यी ६ खानकुरा खाएमा लाभदायक हुन्छ ।

१.अण्डा
यसमा एन्टीअक्साइडेट ,प्रोटिन र आइरन प्रशस्त मात्रामा पाइन्छ । जसले एनिमिया लागी शरिरमा कम भएको भिटामिन फेरी बढाउन मदत गर्छ । एउटा अण्डामा लगभग १ एमजी आइरन हुन्छ ।

२.अनार
अनारमा पोटासियम र फाइबरको साथै आइरन ,भिटामिन ए ,सि र ई पाइन्छ । अनारले शरिरमा रगतको मात्रा बढाउँछ । त्यसका साथै अन्य विभिन्न रोगहरुबाट पनि बचाउँछ ।

३. साग
हरियो सागसब्जी आइरन र भिटामिन सि को प्रमुख स्रोत हो । पालकमा भिटामिन ए ,बी ९ ,ई , फाइबर पाइन्छ । यसले शरिरको सबै एनिमिया टाढा भगाउँछ ।

४. चुकन्दर
चुकन्दरको जुसमा आइरन भरपूर मात्रामा पाइन्छ । विहान चुकन्दरको जूस पिउनाले शरिरमा आइरनको कमी हुन दिदैन् । त्यसैले विहान उठेर दैनिक पिउनुस् ।

५.सोयाबिन
एक मुठ्ठी सोयाबिनलाई रातभरी भिजाएर विहान उठेर खानुस् । सोयाबिनमा भरपूर मात्रामा आइरन पाइन्छ । साथै पेट भर्ने पनि काम गर्छ । सोयाबिनमा धेरै प्रोटिन र कम फ्याट पाइन्छ ।

६.बन्दाकोपीको पत्ता
बन्दाकोपीको पत्ता आइरनको कमी भएको ब्यक्तिहरुलाई लाभदायक हुन्छ । यसको पत्तामा प्रचुर मात्रामा क्याल्सियम ,आइरन पाइन्छ । तपाईले यसको सलाद र जुस बनाएर खान सक्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *