५३ वर्षको सलमान खान र २१ वर्षको सई मांजरेकरको रोमान्सको बारेमा बोलिन् सोनाक्षी !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । सोनाक्षी सिन्हाले आफुभन्दा ३२ वर्ष कान्छी केटीसँग सलमान खानले रोमान्स गरेको विषयमा बताएकी छिन् । फिल्म दबंग ३ मा सलमान खान र सई मांजरेकरले रोमान्स गरेका छन् । सोनाक्षीले पनि दबंगबाट बलिउडमा डेब्यू गरेकी थिइन । हालै फिल्म प्रमोशनको क्रममा एक अन्तरवार्तामा “के तपाई माधुरी दिक्षित र इशान खुट्र डेट गरेको हेर्न चाहनुहुन्छ ? मलाई थाहा छैन् , यो कुरा मेरो लागी अनौठो हुन्छ ।”भन्ने प्रश्न गरिन् ।

यस जवाफमा सोनाक्षीलाई पत्रकारले प्रश्न गर्दा , आफुभन्दा ३२ वर्ष कान्छी केटीसँग रोमान्स गर्नु अनौठो कुरा होइन् भनेर प्रश्न गरे । यसको जवाफमा सोनाक्षीले मलाई थाहा छैन् ,कहिले पनि मैले यस्तो सोचेको छैन् । तपाईले यसबारेमा सलमान खानसँग कुरा गर्नुस् भनिन् । किनभने यो मेरो काम हो , म सलमान खानलाई सलाम गर्छु । उसले मेरो करियर बनाइदिएको छ । त्यसैले यसबारेमा समस्या भए सलमान खानसँग बुझनुस् भनिन् ।

सोनाक्षीले भनिन् , मलाई थाहा छैन , के ५० वर्षको उमेरमा एक २२ वर्षको केटासँग रोमान्स गर्न चाहन्छु । यो मलाई अनौठो हुन्छ । यो कुरा महिलाको लागी हुदैन् ,पुरुषको लागी मात्र हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *