‘सेन्टी भाइरस’को पोस्टरमा धुर्मुसको यस्तो लुक्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’को फिल्म ‘सेन्टी भाइरस’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा धुर्मुस फरक लुक्समा देखिएका छन् । निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेसँगै रिलिज डेट पनि तोकेको छ । योे फिल्म यही फाल्गुन ९ गतेदेखि देशभरको सिनेमाघरमा प्रर्दशन हुने भएको छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा धुमुर्स र सुन्तली स्वयंको मुख्य भूमिका रहेको छ । फिल्म दयाहाङ राई अतिथि भूमिकामा देखिदैछन् । फिल्ममा अन्य राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाल लगायतका कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *