३ वर्षपछि पायो सुरक्षा र स्वरुपको फिल्म ‘सुस्केरा’ले रिलिज डेट, कहिले ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । करिब ३ वर्ष देखि रिलिज मिति सादै आएको फिल्म ‘सुस्केरा’ले अब भने रिलिज मिति पाएको छ । फिल्म निर्माण भएको ३ वर्ष भइसक्दा पनि विभिन्न कारणले रिलिज हुन सकेको थिएन् । तर अहिले निर्माणटिम र वितरकको सहमतिमा फिल्म पौष १८ गतेबाट रिलिज हुने पक्का भएको छ ।

साम्तेन भुटियाले निर्देशन गरेको फिल्मबाट नायिका सुरक्षा पन्त र नायक स्वरूप पुरुष ढकालले डेब्यू गरेका थिए । उनीहरुको फिल्ममा मुख्य भूमिका रहेको छ । निर्देशक भुटियाको अनुसार प्राविधिक कारणले रिलिजको ढिलाई भएपनि विषयवस्तुमा भने केही असर नपर्ने बताए । यो फिल्म प्रेम कथामा आधरित फिल्म भएपनि अन्य फिल्मभन्दा निकै फरक भएको बताए । एसपी ढकाल र सिके ढकालको निर्माणमा बनेको फिल्ममा सुरक्षा र स्वरुपसँगै मिथिला शर्मा, शिशिर बाङ्देल, सिद्धार्थ उपाध्यायको पनि मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *