चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक , करण र नीता एक्सन अवतारमा (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘दि कर्मा’को टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा चलचित्रको मुख्य कलाकार करण वर्मा र नीता ढुंगानालाई एक्सन अवतारमा देख्न सकिन्छ । त्यस्तै ,अर्की नायिका परमिता आरएल राणा पनि बोल्ड अवतार देखिएकी छिन् । टिजर हेर्दा चलचित्रमा एक्सनलाई जोड दिएको अनुमान लगाउन सकिन्छ ।

देवकुमार श्रेष्ठको निर्देशनमा बनेको चलचित्रको जयराज रोय ,बाबुराम अर्याल ,निशा खतिवडा निर्माता हुन् । सरद खड्का अर्याल चलचित्रको सह निर्माता हुन् । मिडिया म्यानेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा रामेश्वर कार्कीको छायांकन ,तारा थापा किम्भेको सम्पादन ,रामजी लामिछानेको कोरियोग्राफी , सुशिल पोखरेलको पटकथा तथा संवाद रहेको छ । चलचित्रले नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनालाई प्रस्तुत गरेको छ । चलचित्रमा करण ,नीता र परमितासँगै बुद्धि तामाङ ,देव कुमार श्रेष्ठ ,संगीता नपित लगायका कलाकारको अभिनय रहेको छ । यो चलचित्र माघको १७ गतेबाट रिलिज हु्दैँछ । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *