२०१९ मा सलमान खान र सन्नी लियोनीले बनाए नयाँ रेकर्ड , आमिरको फिल्म पहिलो नम्बरमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । फिल्म र करियरको हिसाबले सलमान खान र सन्नी लियानीको बीच कुनै पनि लडाई छैन् । यद्यपि सर्च रिजल्टका अनुसार सन्नी लियोनी यस्तो सेलीब्रटी हुन् ,जसले सलमान खानलाई टक्कर दिएकी छिन् । उनी २०१९ मा याहुमा धेरै खोजिएको बलिउडमा सेलीब्रेटीको लिस्टमा परेकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार धेरै खोजिएको पुरुष सेलीब्रेटीमा सलमान खान र महिलामा सन्नी लियोनी परेका छन् । यो लिस्टमा अभिताभ बच्चन र अक्षय कुमार दोस्रो नम्बरमा परेका छन् । यस वर्ष संसार छोडेका दिग्गज अभिनेता तथा नाट्य लेखक गिरिश कनार्ड दशौ स्थानमा परेका छन् । यता सन्नी लियानीपछि यो लिस्टमा प्रियंका चोपडा र दिपिका पादुकोण टप १० मा परेका छन् ।

याहुले यो दशकको टप १० फिल्मको लिस्ट पनि जारी गरेको छ । जसमा २००० करोड सबैभन्दा बढी कमाउने आमिर खानको फिल्म दंगल पहिलो नम्बरमा परेको छ । यो फिल्मको निर्देशन नितेश तिवारीले गरेका हुन् । दगंलपछि सलमान खानको बजरंगी भाइजान ,आमिरकै पिके रहेका छन् । यसको अलवा सलमानको सुल्तान , टाइगर जिंदा हे , आमिरको धुम ३ ,रणबीरको संजू , रितिकको वार ,शाहरुखको चेन्नई एक्सप्रेस र सलमानकै दबंग रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *