यस्तो आयो चलचित्र ‘जाइरा’ टीजर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आगामी भदौ ६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने नेपाली चलचित्र ‘जाइरा’ले टीजर सार्वजनिक गरेको छ । बुधवार राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्रको टीजर सार्वजनिक गरिएको हो ।आशुतोष राज श्रेष्ठले निर्देशन गरेको यो चलचित्रमा नायिका नम्रता श्रेष्ठले मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ सहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको प्रमूख अभिनय रहेको छ । नव अभिनेत्री रेग्मी पनि चलचित्रमा खेलाडीको रुपमा रहेकी छिन् । नव अभिनेता मगर नम्रताको कोचको भूमिकामा छन् ।


‘जाइरा’का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् । यो चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाईरा’लाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् ।कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ भने द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस चलचित्रमा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ । ‘जाइरा’को प्रमोशन ब्यवस्थापक सुम्निमा देवान हुन् ।

यो फिल्म एउटा मार्सल आर्टिस्टको बदलाको कथामा बनेको छ । मार्शल आर्टिष्ट जस्तो देखिनको लागी मैले धेरै नै मेहनत गर्नुपर्यो। । शारिरिक, मानसिक तथा भावनात्मक रुपमा कथालाई न्याय दिन मैले आफ्नो कपाल पनि काटेकी थिएँ ।हामीले एउटा राम्रो महिला प्रधान एक्शन फिल्म बनाउने प्रयास गरेका छौँ । दर्शकहरुको रुचिलाई मध्य नजर राखेर हामीले फरक प्रकारको फिल्म बनाएका छौँ ।

चलचित्रमा प्रमूख भूमिका निभाउने नम्रता श्रेष्ठ मिक्स मार्शल आर्ट्स खेलाडी हुन् । मिक्स मार्शल आर्ट्स ‘जाइरा’को कथाको प्रमूख प्लट भने होइन ।मिक्स मार्शल आर्ट्सलाई संक्षिप्त रुपमा MMA भनिने गरिन्छ जुन फाईटिङ्ग खेल हो । यो एक यस्तो प्लेटफर्म हो जहाँ कुनै पनि पृष्ठभूमिबाट लडाकूहरू आउन सक्छन् र प्रतिस्पर्धा गर्न सक्छन्, जस्तै Karate, Muay-Thai, Boxing, Wrestling.

म निर्देशकको रूपमा एक्शन चलचित्रमा काम गर्न पहिले देखि नै लालयित थिए, ‘जाइरा’ले त्यो मोह पुरा गर्दैछ । दर्शकलाई निराश बनाउन हुँदैन भन्ने मान्यतका साथ मैले अधिक मेहनत गरेर चलचित्र तयार गरेको छु र राम्रो बनाउने पूर्ण कोशिस गरेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *