फ्राइडे रिलिज : नीता र प्रज्वल अभिनित फिल्म ‘सोच’ एक्लै हलमा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायिका नीता ढुंगााना र नायक प्रज्वल गिरी अभिनीत फिल्म ‘सोच’ आज शुक्रबारबाट देशभरको हलहरुमा रिलिज भएको छ । यो फिल्मले अहिले हलमा एकल रिलिजको अवसर पाएको हो । यो फिल्मसँग भिडन गर्न यतिबेला हलमा कुनै पनि फिल्म छैनन् । यो ‘सोच’ टिमको लागी खुसीको खबर हो । किनभने कुनै बेला हलमा २ देखि ३ वटा नेपाली र हिन्दी फिल्मको भिडन्त हुन्छ । त्यसैले अहिले सोच टिम फिल्मले राम्रो ब्यापार गर्नेमा ढुक्क भएका छन् । यसअघि फिल्मको ट्रेलर र गीतबाट पनि राम्रै प्रतिक्रिया आएको थियो ।

यस फिल्ममा बिदुर पाण्डेको छायाकंन , प्रितम पाण्डेको सम्पादन, रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, एनबि महर्जनको द्वन्द्व, कृष्ण आचार्यको पटकथा तथा संवाद र पुजन सिंह (प्रभाकर प्रकाश) को कथा तथा निर्देशन रहेको छ ।

गंगा रजक प्रकाश र एस.डी चलचित्रको निर्माता हुन् ।चलचित्रमा नायिका नीता ढुंगाना र नायक प्रज्वल गिरीसँगै , पूजन सिंह, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठ, उत्तम केसी लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *