फेरी पर्दामा देखिदै संजय दत्त र अरशद वारसीको जोडी ,संजू बन्नेछन् डन र सर्किट बन्नेछन् चेला

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । फिल्म ‘मुन्ना भाई’ र त्यसपछि ‘लगे रहो मुन्ना भाई’ र सर्किटको जोडी संजय दत्त र अरशद वारसीको जोडीलाई दर्शकहरुले एकदमै मन पराएका थिए । यी २ फिल्म रिलिज भएपछि दर्शकहरुले मुन्ना भाइको तेस्रो सिरिजको प्रतिक्षा गरिराखेका छन् । तर अहिलेसम्म यो कुराको निर्माणटिमले केही पनि बताएको छैन् ।

हाल अरशद वारसीले आफैले दर्शकहरुले मन पराएको संजय र अरशदको जोडी फेरी एक पटक पर्दा देख्न सकिने बताएका छन् । तर यो फिल्म मुन्ना भाइको सिक्वल होइन् , अरशदले बताए अनुसार अर्को नयाँ प्रोजेक्ट हो । भारतीय एक सञ्चारमाध्यसँगको कुराकानीमा अरदशले भने ,हामीले एउटा यस्तो एकदमै राम्रो स्क्रिप्ट भेटेका छौँ , जुन प्रोजेक्ट साजिद फरहानको हो । यो फिल्म अर्को वर्षको मार्च , अप्रिलमा फ्लोरमा जानेछ । फिल्ममा संजय फेरी डनको भूमिकामा देखिदैछन् । उनीहरु ६ वषपछि ठुलो पर्दामा सँगै देखिन लागेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *