शिवरात्रीको विदामा ४ नेपाली फिल्मबीच महाभिडन्त हुदैँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यो वर्षको शिवरात्रीमा नेपाली ४ फिल्मबीच ठुलो भिडन्त हुने भएको छ । निर्माताहरुले विदाको समय पारेर फिल्म प्रर्दशन मिति तोक्ने चलन रहकाले यो वर्षको शिवरात्रीको विदा (फाल्गुन ९)मा पनि ४ फिल्म जुधेको छ । सबैभन्दा पहिले दिपेन्द्र खनाल निर्देशित फिल्म ‘आमा’ ले फागुन ९ लाई आफ्नो रिलिज मिति घोषणा गरेको थियो । यस फिल्ममा देशभक्त खनाल ,सुरक्षा पन्त , मिथिला शर्मा सरिता गिरी लगायतका कलाकारले अभिनय गरेका छन् ।

त्यसपछि मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन २’ ले पनि फागुन ९ लाई रिलिज मिति तोक्यो । यसमा पनि सौगात मल्ल , अर्पण शर्मा ,अुनविक्रम शाही , नम्रता श्रेष्ठ लगायतका चर्चित कलाकारले अभिनय गरेका छन् । हाल यो फिल्म छायाकंन क्रममा छ ।

त्यस्तै कुनै समयका चर्चित नायक बिराज भट्ट अभिनित र निर्देशत फिल्म ‘साङ्लो’ ले पनि फस्टलुक सार्वजनिक गदै शिवरात्रीलाई नै रिलिज मितिको घोषणा गर्यो । त्यसपछि यी ३ फिल्मलाई ठुलो चुनौती थपिएको थियो ।

तर अहिले सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को फिल्म ‘सेन्टी भाइरस’ पनि फाल्गुन ९ मै रिलिज हुने पक्का भएको छ । फिल्ममा स्वयं धुर्मुस र सुन्तलीसँगै अन्य चर्चित कलाकारको अभिनय रहेको छ । दर्शकहरुले अनुमान गरेअनुसार ४ फिल्ममध्ये ‘सेन्टी भाइरस’ले बक्स अफिसमा राम्रो ब्यापार गर्नेछ । तर आशा गरिएको धेरै फिल्महरु बक्स अफिसमा फ्लप खाएको उदाहरणहरु पनि छन् । त्यसैले अहिले ४ फिल्मको भिडिन्त हुने भएपनि ‘साङ्लो’, ‘आमा’ र ‘लप्पन छप्पन २’ ले रिलिज डेट सार्न सक्ने ठुलो सम्भावना छ । तर यही मितिमा सबै फिल्म रिलिज हुन्छ या सर्छ त्यो भने हेर्न बाँकी छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *