क्रिसमस २०२० मा बक्स अफिसमा भिड्दैछन् आमिर खान र अक्षय कुमार , कसले मार्ला बाजी ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले चाडपर्वको विदाको मौका छोपेर धेरै फिल्महरु रिलिज गर्ने होटाबाजी बढेको छ । किनभने विदाको बेलामा हलमा दर्शकहरुको धेरै भिड लाग्दछ । अर्को सालको इद २०२० मा सलमान खानको राधे र अक्षय कुमारको लक्ष्मी बम्ब रिलिज हुदैँछ । इदको अलवा क्रिसमस २०२० मा पनि २ ठुलो फिल्मको भिडन्त हुदैँछ ।

आमिर खान स्टारर लाल सिंह चढ्डाको टिजर रिलिज भइसकेको छ । यो फिल्म क्रिसमस २०२० मा रिलिज हुदैँछ । यता अक्षय कुमारको फिल्म बच्चन पांडे पनि क्रिसमसमा रिलिज हुदैँछ । पर्दामा यी २ स्टारको फिल्मको भिडन्त हुने भएको छ ।

लाल सिंह चढ्डा हलिउड फिल्म फोरेस्टको गंपको रिमेक हो ।टाम हैंकको फोरेस्ट गंप १९९४ मा रिलिज भएको थियो ।यो फिल्मलाई दर्शकहरुले धेरै मन पराएका थिए । यस फिल्मबाट प्रेरित भएर आमिरले लाल सिंह बनाएका हुन् ।यसको अद्धैत चंदनले निर्देशन गरेका हुन् ।यसमा आमिरका साथै करिना कपूर पनि छिन् ।

यता फरहाद समाजीको निर्देशनमा बनेको फिल्म बच्चन पांडे पनि क्रिसमस २०२० मा सिनेमाघरमा रिलिज हुदैँछ । यसपछि अब आमिर र अक्षयको ठुलो भिडन्त हुदैँछ । अब दर्शकहरुले कुन फिल्मलाई मन पराउँछन् हेर्न बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *