फ्राइडे रिलिज: आजबाट हलमा ‘माछा माछा’ र ‘माया पिरिम’ को भिडन्त

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज शुक्रबारबाट हलमा दुई फरक जनराको नेपाली फिल्म रिलिज भएको छ । केही समयदेखि रिलिज भएको फिल्मले हलमा दर्शक तान्न नसिरहेको बेला यी दुई फिल्मले दर्शक तान्ने आशा गरिएको छ । हलमा टेक पौरखी राई निर्देशित फिल्म ‘माया पिरिम’ र सुनिल गुरुङ निर्देशित फिल्म ‘माछा माछा’ रिलिज भएको हो । ‘माया पिरिम’ मा कोशिश क्षेत्री ,किरण चन्द , विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ । त्यस्तै फिल्मको एक गितमा नायक सलोन बस्नेत र अञ्जली अधिकारीले समेत अभिनय गरेका छन् । यता ‘माछा माछा’ मा सौगातसँगै नम्रता श्रेष्ठ, विजय बराल, अनोज पाण्डे, माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुष्कर गुरुङ, कमलमणी नेपाल, धु्रव कोइराला, बसन्त भट्ट लगायतको अभिनय रहेको छ ।

‘माया पिरिम’ लाई सविन अधिकारी र प्रविन थापाले निर्माण गरेका हुन् । मोहन मरासैनी र युवराज दाहाल सह निर्माता रहेको फिल्ममा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा निरज कँडेलकोे छायाकंन , श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

यता ,सिनेमा आर्ट र नौमती इन्टरटेन्मेन्ट प्रोडक्शनको ब्यानरमा बनेको फिल्मलाई सुनिल गुरुङले लेखन तथा निर्देशन गरेका छन् । रामबाबु गुरुङ र दयाहाङ राइले निर्माण गरेको फिल्मको ओम चन्द रौनियार र अर्जुन कार्की सह–निर्माता हुन् । फिल्ममा शिवराम श्रेष्ठको छायांकन, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *