इदमा लक्ष्मी बम्ब र राधेको भिडन्त : सलमान खानसँगको भिडन्तबारे अक्षयले बताए यस्तो

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आगामी वर्षको इदमा सलमान खान र अक्षय कुमारको भिडन्त हुने भएको छ । सलमानको “राधे ,मोस्ट वान्टेड भाई” र अक्षयको “लक्ष्मी बाँम्ब”को बक्सअफिसमा टक्कर हुने पक्का भएको हो । यस टक्करलाई लिएर दर्शकहरुले पनि विभिन्न कुराहरु गरिराखेका छन् ।

प्रत्येक वर्षको इदमा सलमानको एउटा न एउटा फिल्म प्रदर्शन हुन्छ । २०१९ को इदमा पनि सलमानको भारत फिल्म रिलिज भएको थियो । जसले बक्स अफिसमा २०० करोडभन्दा धेरै कलेक्सन गर्यो । जसले गर्दा २०२० को इदमा पनि पहिले सलमानको इंशाअल्लाह रिलिज हुने तयारीमा थियो । जसलाई संजय लिला भंसालीले निर्देशन गदैछन् । जुनबेला अक्षयको सुर्यवंशी पनि इदमा रिलिज हुने घोषणा गरियो ।

यसबीच ,दुई सुपरस्टारको भिडन्तबाट बच्नको लागी रोहितले सूर्यवंशी लाई मार्चमा रिलिज गर्ने घोषणा गरे । सूर्यवंशी सरेसँगै सलमानको इंशाअल्लाह पनि रोकियो । सलमानको फिल्म बन्द भएपछि अक्षयको नयाँ फिल्म लक्ष्मी बाँम्बलाई इदमा रिलिज गर्ने घोषणा गरियो । यता सलमानले पनि आफ्नो मिति नछोडी अर्को फिल्म राधे इदमा रिलिज गर्ने घोषणा गरे । त्यसैले अहिले इदमा दुई सुपरस्टार भिडन्त हुने पक्का भएको छ ।

यसबीच ,सलमान र आफ्नो फिल्मको टक्करबारे अक्षयले केही कुरा बोलेका छन् । अक्षयले भने “म पहिले आइसकेको छु, तर कोही पनि आउन सक्छ, त्यहाँ केहि गलत छैन। यो ईदको दिन हो, दुई फिल्महरू एकसाथ आउन सक्छन, हामी किन सँगै आउन सक्दैनौं ?”

अक्षय अहिले २७ डिसेम्बरमा रिलिज हुन लागेको फिल्म गुड न्यूजको प्रमोशनमा ब्यस्त छन् । राज मेहना निर्देशित फिल्ममा करिना कपूर , दिलजित दोसांश र कियारा आडवाणीको मुख्य भूमिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *