‘माया पिरिम’ को नयाँ गीत ‘तिमीलाई पाउदा’ सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । आज शुक्रबारबाट देशभर प्रर्दशन भएको फिल्म ‘माया पिरिम’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमीलाई पाउदा’ बोलको गीतमा कोशिश छेत्रीको स्वर ,शब्द र संगीत रहेको छ । गीतमा उदीय राज पौडेलको संगीत संयोजन रहेको छ । यसअघि फिल्मको ‘फोटो खिचेर’ बोलको गीत निकै चर्चामा छ । गीतमा नायक सलोन बस्नेत र अञ्जली अधिकारीले अभिनय गरेका छन् ।

टेक पौरखी राईको निर्देशनमा बनेको फिल्मको सविन अधिकारी र प्रविन थापा निर्माता हुन् । मोहन मरासैनी र युवराज दाहाल सह निर्माता रहेको फिल्मको सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा निरज कँडेलकोे छायाकंन , श्री श्रेष्ठको द्वन्द्व र शिशिर खातीको कोरियोग्राफी रहेको छ । कमेडी र एक्सनको जनरामा निर्माण भएको फिल्ममा कोशिश क्षेत्री , किरण चन्द ,रमन विन्दास राई , विशाल पहारी, कालु राना, जयनन्द लामा, अर्जुन गुरुङ लगायतका थुप्रै कलाकारको अभिनय रहेको छ । हेरौ भिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *