चलचित्र ‘सँगसँगै’ को आज भद्रकाली मन्दिरमा शुभसाइत

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नेपाली चलचित्र ‘सँगसँगै’ को शुभसाइत गरिएको छ । आज काठमाण्डौको भद्रकाली मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो । शुभसाइतमा निर्माण टिम र कलाकारको साथमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, निर्माता संघका अध्यक्ष आकाश अधिकारी पनि उपस्थित भएका छन् । उनीहरुले भद्रकाली मन्दिर पुगेर चलचित्रलाई सफलताको शुभकामना दिएका हुन् । मधुसुदन भट्टराइको निर्देशनमा बन्न लागेको चलचित्र नेपाल र अष्ट्रेलियाको सुन्दर ठाउँमा छायाकंन हुनेछ । यो चलचित्रको शुभसाइत अहिले गरिएपनि माघबाट मात्र छायाकंन सुरु हुनेछ ।

शिव ढकालले खिच्ने चलचित्रलाई संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले लेखेका हुन् । सुवेदीका अनुसार दुई साथीको मित्रताको कथा र वैदेशिक रोजगारको कथामा चलचित्र बन्नेछ । चलचित्रमा तोरण क्षेत्री, विष्णुवहादुर क्षेत्री, रोशन केसी, विष्णु लामिछानेको लगानी रहेनछ । चलचित्रमा सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, आश्मा गिरी, मुकुन भुषाल लगायतका कलाकारको मुख्य भूमिका रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *