‘प्रेमगीत ३’ मा अनुभव र योगिशाको क्यारेक्टर पोस्टर सार्वजनिक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । यस वर्षको बहुप्रतिक्षित फिल्म ‘प्रेमगीत ३’ को बालकलाकारको क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा बाल कलाकार अनुभव रेग्मी र योगिता खत्री निकै फरक अवतारमा देखिएका छन् । पोस्टरमा अनुभव लामो कपाल र राजाको भेषमा र योगिता अनुभव रानीको रुपमा देखिएकी छिन् । बताए अनुसार प्रदिप खड्का र क्रिस्टिना गुरुङको बाल्यकालको भुमिकामा यी दुई जना देखिदैछन् । यसअघि प्रदिप खड्का र शिव श्रेष्ठ पनि क्यारेक्टर पोस्टर सार्वजनिक भैसकेको छ ।

आसुसेन फिल्म्स प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मलाई सन्तोष सेन र छेतेन गुरुङ मिलेर संयुक्त रुपमा निर्माण र निर्देशन गदैछन् । हाल यो फिल्मको मनाङमा छायांकन भैरहेको छ । निर्माण टिम काठमाडौँमा फिल्मको आधा छायाकंन सकेर मनाङ गएका हुन् । फिल्ममा अनुभव र योगिशासँगै क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, प्रदीप खड्का, मनिष राउत, सन्तोष सेन, प्रेम पुरी, पुष्कर लगायतका थुप्रै कलाकारले अभिनय रहनेछ । यो फिल्म चैत २८ मा रिलज हुदैँछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *