यसरी गर्न सकिन्छ योगाद्वारा जोर्नी दुःखाईको उपचार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दैनिकजसो काम गर्दा मानिसका शरीरका विभिन्न अंगका जोर्नीहरू दुख्ने गर्छ । जोर्नी दुखाईको पीडा सहनै नसक्ने हुन्छ । बढ्दो उमेरसँगै जोर्नीको समस्या पनि देखिन्छ । शरीरमा हड्डी कमजोर हुनु, उचित व्यायाम नहुनु र खानेकुरामा आवश्यक पोषक तत्व नहुँदा जोर्नी रोगको समस्या देखिने गर्छ । औषधि सेवनबाट जोर्नी दुखाई निको पार्न सकिए पनि योगाभ्यासले छिट्टै निको हुन्छ । दैनिक योगाभ्यास यस्तो शक्ति हो, जसले जोर्नीको दुखाईलाई जरैदेखि निर्मूल पार्न सक्छ । जोर्नी दुखाईको उपचार गर्न ६ प्रकारका योगासन उपयोगी हुन्छ ।
१. वीर–भद्रासन
यो आसनले घुँडालाई मजबुत बनाउँछ । साथै, काँध दह्रो भएको भने निको पार्छ ।


२. धनुरासन
यदि काँध दह्रो छ, चलमल गर्न सकिन्न भने धनुरासन गर्नु राम्रो हुन्छ । यसले शरीरको पिठ्युँलाई लचिलो बनाउँछ ।


३. त्रिकोणासन
त्रिकोणासनले खुट्टा र घुँडालाई मजबुत बनाउँछ । यसले कम्मर दुख्ने समस्यालाई पनि निको पार्छ । यो आसनले घुँडाको समस्या भएका, नितम्ब जोर्नी दुख्ने समस्यालाई निको पारी गतिशीलता प्रदान गर्छ ।


४. सेतु–बन्ध आसन
यो आसनले घुँडाको मांसपेशीलाई मजबुत बनाउँछ । आस्टियोपोरिसिस रोगका लागि लाभकारी सावित हुन्छ । यसले मस्तिष्कलाई शान्त बनाउन मद्दत गर्छ । चिन्ता हटाउँछ ।

५. मकर अधोमुख आसन
यो आसन गर्नाले काँघ र घुँडाको नसा दोब्रिएको छ भने सहज गर्छ । हात, पाखुरा र खुट्टाको जोर्नी दुखाई कम गर्छ ।
६. उल्ट्रासन
यो आसनले काँध र पिठ्युँलाई कसिलो बनाउँछ । हड्डीलाई लचिलो बनाउन यो आसन निकै प्रभावकारी छ । उल्ट्रासनबाट शारीरिक संरचनामा सुधार हुन्छ भने कम्मर र कम्मरमुनिको जोर्नीको दुखाई कम गर्छ ।
योगा गर्दा खानेकुरामा ध्यान दिनुपर्छ
जोर्नी दुखाई कम गर्न गरिने योगाभ्यासमा खानेकुरामा निकै ध्यान दिनुपर्छ । किनकि विभिन्न आसनको योगा गर्दा शरीरका भागहरू धेरै चल्ने गर्छन् । यसबेला पोल्ने, उत्तेजना पैदा गर्ने जस्तै, चिनी, ग्लुकोजजन्य खानेकुरा खानु हुन्न । हरियो सागसब्जी र फलफूल निकै लाभकारी हुन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *