गर्भवती महिला लागि हरेक तीन महिनामा आवश्यक पर्ने १५ टिप्स

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आमा यो संसारमा सबै खास भावनामध्ये एक हो । आमा बन्नु कुनै पनि महिलाका लागि सजिलो काम होइन । यस्ता धेरै विषय छन् जुन एउटा आमाले बच्चा जन्माउनुअघि जान्नुपर्ने हुन्छ । यदि तपाई पहिलोचोटि आमा बन्दै हुनुहुन्छ भने बच्चाको हेरचाह कसरी गर्ने भन्नेबारेमा तपाईले धेरै सिक्दै हुनुहुन्छ । गर्भावस्थालाई सजिलो बनाउने आवश्यक सुझाव तल दिइएको छ

पहिलो तीन महिना
१. ती सबै परीक्षण जान्नुहोस्, आफ्नो गर्भावस्थाको सुरुवातमा गर्न आवश्यक हुन्छ । यदि कुनै अनियमितता छ भने तुरुन्त ध्यान दिनुहोस् ।
२. आफ्नो सुविधाका लागि बच्चा जन्माउनुअघि कक्षामा सामिल गर्ने विचार गर्नुहोस् । यसले तपाईलाई हिम्मत बनाउन सहयोग गर्छ ।
३. तपाईको शरीर गर्भावस्थाको माग अनुकूल हुनका लागि कडा मेहनत गरिरहेको हुन्छ । त्यसैले तपाईले निकै थकान महसुस गर्नुहुन्छ । जति सकिन्छ आराम गर्नुहोस् । दिउँसो एक निद्रा सुत्ने वा बिहानै पनि अतिरिक्त केही घन्टा सुत्न सक्नुहुन्छ ।
४. वान्ताको रोगबाट ग्रसित हुनु हुन्छ भने फलफूलको रस, पानी र कागती पानी पिउने गर्नुहोस् ।
५. हरेक दिन फोलिक एसिडको राम्रो स्रो चुन्नुहोस् । जस्तै, हरिया सागसब्जी र गेडागुडी (कालो भटमास, कालो आँखा भएको केराउ र चना)

दोस्रो तीन महिना
६. १८–२० हप्ताको गर्भका बेला गरिएको भिडियो एक्सरे जुन निकै महत्वपूर्ण हुन्छ । जसले तपाईको शिशुको महत्वपूर्ण विकासात्मक स्थितिका बारेमा जानकारी गराउँछ ।
७. खानुअघि सधैं फलफूल र सागसब्जी पखाल्नुहोस् । ती चिज स्वास्थ्यप्रद छन् तर अशुद्ध काँचो फलफूल र सब्जीले खानेकुरामा विषाक्तता, धुलो, जलसम्बन्धी रोग जस्तो हेपेटाइटिस या टाइफाइडको कारण बन्न सक्छ । यसमा लिस्टेरिया नामक ब्याक्टेरिया पनि हुन सक्छ ।
८. यदि तपाईको बढेको पेटमा चिलाउँछ भने पूरै शरीरमा क्रिम या लोसन लगाउनुहोस् जसले तपाईको छालालाई सफा राख्न मद्दत गर्छ । चिलाउने बन्द हुन्छ । प्राकृतिक, रासायनिक मुक्त लोसन या प्राकृतिक नरवलको तेल छनोट गर्नुहोस् ।
९.गर्भावस्थामा मूत्रनलीमा संक्रमण सामान्य हो । धेरै पानी पिउने, योनि सफा राख्ने र यौन सम्पर्क राख्नुअघि र पछि मूत्राशय खाली गरेमा यो संक्रमणबाट बच्न सकिन्छ ।
१०. यदि तपाई गर्भवती बन्नु भएको छ भने दन्त चिकित्सकलाई जानकारी दिनुहोस् । दोस्रो तीन महिनामा दाँतको हेरचाह आवश्यक पर्न सक्छ । गर्भावस्थाका बेला दाँतको एक्सरेबाट बच्नुहोस् । प्रसवपछि सबै वैकल्पिक दन्त प्रक्रिया स्थगित गर्नुहोस् ।

तेस्रो तीन महिना
११. गर्भावस्थाका बेला तपाईको शरीरको मांसपेशी स्वाभाविक रूपले नरम हुन्छ । तपाई कुनै परिश्रम गर्दै हुनुहुन्छ भने मासु तानिएको अनुभूति गर्नुहुन्छ । यसले तपाईको पिठ्युँको तल्लो भाग र यौनांगको जोर्नीसम्म तान्ने गर्छ । जसले पिठ्युँमा दुखाई हुन जान्छ । गह्रुँगो वस्तु नउठाउनुहोस् र फैलिएको जुत्ता लगाउनुहोस् ।
१२. तपाईले आफ्नो मांसपेशीलाई मजबुत बनाउनका लागि व्यायाम कमसे कम ७०–८० पटक दैनिक गरिरहनुपर्छ । जसै भ्रूण बढिरहेको हुन्छ, तपाईको मूत्राशयमा अत्यधिक दबाब पर्दै जान्छ, जसले प्रसवका बेला मद्दत गर्छ ।
१३. गर्भावस्थापछि तपाईको खुट्टा सुन्निन सक्छ । कुनै किसिमका सुन्निने अवस्थाबाट बच्न खुट्टा स्टुल वा सिरानीमाथि राख्ने गर्नुहोस् ।
१४. यस्तो बेला तपाईले ब्राको छनोट सही ढंगले गर्नुपर्छ । सुती र सुती मिश्रणवाला कपडालाई प्राथमिकता दिनुहोस् । जसले तपाईको छालालाई ठीक ढंगले सास लिन सहयोग गर्छ । ब्रा लगाउँदा कपभित्र फिट भएको सहायक भाग होस्, जसले स्तनलाई सहज बनाउँछ ।
१५. गर्भावस्थाका बेला तपाई कतै काम गर्दै हुनुहुन्छ भने इमर्जेन्सी नम्बर लिनुहोस् । मानिसहरू बाँच्नका लागि श्रम गर्छन् । यस्तो अवस्थामा केही समस्या आइहाल्यो भने तपाईको ब्यागमा भएको नम्बरले सहयोग गर्छ ।
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *