निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईको विवाह आज, मेहेन्दी लगाउँदा यसरी रमाइन् दीपिका (तस्बिरहरू)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख । निर्देशक दिवाकर भट्टराई र नायिका दीपिका प्रसाईको आज विवाह हुँदैछ । अक्षय तृतीयाको अवसर पारेर दुवैले बिहे गर्न लागेका हुन् । अक्षय तृतीयाका दिन लगन जुराउनु पर्दैन भन्ने शास्त्रीय मान्यता छ । यसै दिन महादेव र पार्वतीको विवाह भएको मानिन्छ ।

दिवाकर र दीपिकाबीच केही महिनाअघि नै इन्गेजमेन्ट भइसकेको थियो । इन्गेजमेन्टलगत्तै दुवै दुई हप्ता लामो प्रि–हनिमुन मनाउन थाइल्यान्डको बैंकक गएका थिए । दिवाकरले निर्देशन गरेको ‘ऐश्वर्य’ चलचित्रबाट दीपिकाको रजतपटमा प्रवेश भएको थियो । सोही चलचित्रको सुटिङका बेला दुवैबीच प्रेम सम्बन्ध गाँसिएको थियो ।
दीपिकाले सोमबार राति आफ्नै घरमा मेहेन्दी लगाएकी छन् । मेहेन्दी र हर्दी लगाउँदा उनी निकै खुलेकी छन् । परिवार र आफ्ना केही साथीसंगी दीपिकाको मेहेन्दी लगाउने कार्यक्रममा उपस्थित थिए । दीपिकाले मेहेन्दी लगाएको तस्बिर फेसबुकमा राखेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *