राराहिल स्कुलमा ८ कक्षामा अध्ययनरत विद्यार्थी आर्यन केसी बेपत्ता

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख । कीर्तिपुरबाट एक विद्यार्थी बेपत्ता भएका छन् । राराहिल मेमोरियल स्कुलमा ८ कक्षामा अध्ययनरत आर्यन केसी सोमबारदेखि बेपत्ता भएका हुन् ।
कालो टिसर्ट र कालै जिन्स पाइन्ट लगाएका आर्यन १४ वर्षका हुन् । आर्यन बेपत्ता भएपछि अहिले उनको घरमा रूवासी चलेको छ ।
परिवारका अनुसार २४ घन्टा बितिसक्दा पनि उनी घर आइपुगेका छैनन् । आर्यनको खोजी गरिदिन उनको परिवारले प्रहरीमा निवेदन दिइसकेको छ ।

कसैले भेटे वा फेला परेमा नजिकको प्रहरी कार्यालय तथा मोबाइल नम्बर ९८६०६२९९५६ र ९८६९२१२१८५ मा फोन गर्न परिवारले अपिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *