यी पाँचवटा बिरुवा लगाउनाले घरमा लक्ष्मीको आशीर्वाद प्राप्त हुन्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं,सबै मानिसको चाहना हुन्छ, उसको घर र कारोबारमा लक्ष्मीको आशीर्वाद भइरहोस् भन्ने । यसका लागि मानिसहरू विभिन्न तरिका अपनाउँछन् । घरको साजसज्जाले पनि धनसम्पत्तिमा धेरै असर गर्छ । दिपावलीमा लक्ष्मी धर्तीमा आउँछिन्, सफा सुग्घर घरमा बास गर्छिन् भन्ने मान्यता छ । त्यही कारण मानिसहरू घरको सरसफाइमा विशेष ध्यान दिन्छन् । डेकोरेसनका साथसाथै बिरुवा लगाउन पनि खास ध्यान दिन्छन् । केही बिरुवा घरमा लगाउनाले लक्ष्मीको आगमन हुन्छ भन्ने मान्यता छ ।
लक्ष्मणा
यो बिरुवा घरमा लगाउनु निकै शुभ मानिन्छ । यो धनलक्ष्मीलाई घरमा प्रवेश गराउन निकै उपयोगी हुन्छ । पैसा बचाउने हो भने घरको आँगनमा लक्ष्मणा बिरुपा लगाउने गर्नोस् ।
केरा


केराको बोट पूजा गर्न शुभ मानिन्छ । भगवान विष्णु र लक्ष्मीले केरा फलाहार गर्छन् । घरमा स–सानो केराको बोट लगाउनु निकै राम्रो हुन्छ ।
मनी प्लान्ट
धेरैजसो घरमा मनी प्लान्टको बिरुवा लगाइन्छ । यसले घरको शोभा बढाउनुका साथसाथ लक्ष्मीको आशीर्वाद पनि प्राप्त गर्ने लाभकारी बिरुवा हो । मनी प्लान्ट आग्नेय दिशामा लगाउनु उपयुक्त हुन्छ ।
क्रसुला ओवाटा


फेंगसुईका अनुसार यो बिरुवा लगाउनाले घरको नकारात्मक ऊर्जा हटाएर सकारात्मक ऊर्जा घरमा प्रवेश गराउँछ । यो बिरुवालाई जेड प्लान्ट, फ्रेन्डसिप ट्री, लकी प्लान्ट आदि नामले पनि चिनिन्छ ।
अश्वगन्धा
आयुर्वेदका अनुसार अश्वगन्धा स्वास्थ्यका लागि निकै लाभकारी हुन्छ । यो धन प्राप्तिका लागि पनि निकै सकारात्मक प्रभाव पार्ने मान्यता छ ।  अनुमति बिना यो कन्टेन्ट साभार गरिएको पाइएमा कानुन बमोजिम कारवाही हुनेछ

Leave a Reply

Your email address will not be published. Required fields are marked *