छविराज ओझाले गुपचुपमै नायिका शिल्पा पोखरेलसँग बिहे गरेका हुन्, लेख्छन्, मेरो जीवनको सुरुवात र अन्त्य तिमी नै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, २४ वैशाख । अन्ततः निर्माता छविराज ओझाले शिल्पा पोखरेलसँग आफ्नो प्रेम सम्बन्ध सार्वजनिक गरेका छन् । उनले सोमबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शिल्पा आफ्नो जीवनको हिस्सा रहेको उल्लेख गरेका हुन् ।
स्टाटसलाई आधार मान्दा छवि र शिल्पाबीच पहिले नै बिहे भइसकेको बुझिन्छ । छविराज ओझाले शिल्पासँग खिचेको तस्बिर राखेर लेखेका छन्, मेरो जीवनको सुरुवात तिमीबाटै र अन्त्य पनि तिमीसँगै गर्न चाहन्छु । यदि कसैले केही भने पनि म अहिले कसैको कुरा सुन्न चाहन्न ।’
उनकी पूर्वपत्नी रेखा थापाले त केही समयअगाडि नै छवि र शिल्पाबीच गुपचुपमै बिहे भइसकेको सार्वजनिक गरेकी थिइन् । शिल्पा छविको घरपरिवारका सदस्यसँग भेटिरहने हुनाले धेरैले दुवैबीच बिहे भइसकेको अनुमान लगाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *