अर्पण थापा निर्देशित चलचित्र ‘घर’ को डरलाग्दो ट्रेलर सार्वजनिक (भिडियोसहित)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । चलचित्र ‘घर’ को डरलाग्दो ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा एक घर भित्रको तर्साउने भुतको कथालाई देखाइएको अनुमान लगाउन सकिन्छ । डीएस डिजिटलको ब्यानरमा निर्माण गरिएको चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका छन् ।

चलचित्रमा अर्पन थापा , सुरक्षा पन्त , बेनिशा हमाल ,अस्मिता खनाल ,सरोज अर्याल लगायतका थुप्रै कलाकारहरुले अभिनय गरेका छन् । मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रलाई निरज कँडेलले छांयाकन गरेका छन् । त्यस्तै सूर्य ठोकरको द्वन्द्व रहेको ‘घर’ मा सन्तोष अधिकारी सह निर्माताको रुपमा रहेका छन् । चलचिलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । यो चलचित्र यही साउन ३ गतेबाट देशभर प्रर्दशनमा आउदैछ । हेरौ ट्रेलर

Leave a Reply

Your email address will not be published. Required fields are marked *