‘भारत’ ले तोड्यो पहिलो दिनमै सलमानकाे आफ्नै रेकर्ड , कमाई कति ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । इदमा रिलिज भएको फिल्म भारतले पहिलो दिनमै सलमान खानको करियरकै रेर्कड तोडेको छ । भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले पहिलो दिनमै बक्सअफिसमा करिब ४२ करोड ३० लाखको व्यापार गरेको जनाएको छ । यो फिल्मले सलमानको सबैभन्दा बढी कमाउने फिल्म ‘प्रेम रतन धन पायो’ (पहिलो दिन) को बक्सअफिस कलेक्सनलाई भारतले तोडेर नयाँ रेकर्ड राखेको हो । प्रेम रतन धन पायो’ले पहिलो दिनमा ४० करोड ३५ लाखको व्यापार गरेको थियो ।

सलमानको फिल्म भारतले रेकर्ड तोडेसँगै यो फिल्म बलिउडको दोस्रो सबैभन्दा बढी कमाउने फिल्म पनि बनेको छ । बलिउडको सबैभन्दा बढी कमाउने फिल्ममा आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ रहेको छ ।

भाारतले पहिलो दिनमै आफ्नो रेकर्ड तोडेपछि सलमानले आफ्नो ट्विटरमार्फत् आफ्नो प्रशंसकलाई धन्यवाद दिदै यस्तो लेखेका छन् । ‘धेरै धन्यवाद, मेरो करिअरको सबैभन्दा ठूलो ओपनिङ दिएकोमा ।बाकी जस्ताको तस्तै

 

फिल्म भारतमा सलमान खानसँगै कटरीना कैफ, दिशा पटानी, नोरा फतेही, ज्याकी श्राफ, तब्बू, सुनील ग्रोवर लगायतका कलाकारहरुको अभिनय गरेका छन् । भारत’ लाई अली अब्बास जफरले निर्देशन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *