केराको बुङ्गो फाल्नुहुन्छ ? त्यसोभए आजदेखि नफाल्नुस् ,यस्तो छ बुङ्गो खानुका ४ फाइदाहरु

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । केरा निकै मिठो र स्वास्थ्यको लागी गुणकारी फल हो । यसमा हाम्रो स्वास्थ्यको लागी आवश्यक ३ वटा प्राकृतिक सुगर पाइन्छ । ती हुन् ,सुक्रोज फ्रुकोज र ग्लुकोज । त्यस्तै केराको कोसा बाहेक यसको बुङ्गो पनि हाम्रो लागी फाइदाजनक हुन्छ । आज हामी यही केराको बुङ्गो खानुको फाइदाहरु बताउदै छौँ । हेर्नुस्

१.हामीले केराको बुङ्गोको विभिन्न परिकार बनाएर खाएमा पेट फुल्ने ,अपच हुने, दुख्ने र कब्जियतको समस्याबाट समेत बच्न सकिन्छ । त्यस्तै मुटुको समस्या ,क्यान्सर,बुढ्यौलीपन पनि कम गर्दछ । किनभने यसमा एन्टि अक्सिडियन्ट मात्रा हुन्छ ।

२. यदि केराको बुङ्गोलाई पकाएर दहीसँग खानाले शरिरमा प्रोजिस्ट्रान तह बढ्नेछ । त्यसका साथै अत्यधिक मात्रामा हुने ब्लिडिङ पनि कम हुन्छ । त्यस्तै यो सुत्केरी तथा गर्भवती महिलाको लागि निकै फाइदाजनक हुनको साथै रक्तअल्पता हुनबाट समेत बचाउछ ।

३. केराको बुङ्गा मधुमेह र डिप्रेसन भएको व्यक्तिहरुको लागी एकदमै फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा प्रशस्त मात्रामा म्याग्नेसियम र अनावश्यक ईन्सुलिनको मात्रा घटाउने तत्व पाइन्छ ।

४.त्यस्तै केराको बुङ्गा खादा मृगौला र मुत्र प्रणालीलाई समेत फाइदाजनक हुन्छ । किनभने केराको बुङ्गामा आईरन, क्याल्सियम तथा कपर जस्ता तत्व प्रशस्त मात्रामा पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *