कपिलले किन लिएर शो बाट ब्रेक ?

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । बलिउडका चर्चित हास्यकलाकार कपिल शर्मा विवाह गरे लगत्तै “कपिल शर्मा शो ”मा आएका थिए । त्यसपछि उनले नयाँ तरिकाले शोको सिजन २ मा दर्शकहरुलाई मनोरञ्जन दिइराखेका छन् । जहाँ उनी हरेक एपिसोडमा नयाँ नयाँ ट्वीस्ट ल्याउने गर्दछन् । त्यसैले उनको पहिलेको शो भन्दा अहिलेको शो निकै चर्चामा छ । तर अहिले कपिल शर्माले शो बाट ब्रेक लिने खबर बाहिरिएको छ । यो खबरले दर्शकहरुलाई दुखित बनाएसँगै किन छाडे शो भन्ने कौतुहलता भएको छ ।

किन लिए शो बाट ब्रेक ?कारण यस्तो
कपिल शर्माले गिन्नी चतरथसँग विवाह गरेको हुन् । तर उनी विवाह गरे लगत्तै श्रीमतीसँग हनिमुन नगई कपिल शर्मा शोमा फिर्ता भए । हाल कपिलको शोमा होइन् ,घरमा नयाँ पाहुनाको आउदै छन् । भारतीय सञ्चार माध्यमका अनुसार अहिले कपिलकी श्रीमती गिन्नी तीन चार महिनाकी गर्भवती छिन् । त्यसैले विवाहपछि हनिमुन समेत नगएका यो जोडी अहिले बेबी मुनमा घुम्न जाने तयारीमा छन् । जसले गर्दा उनले शोमा मिनी ब्रेक लिएको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *