‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक , यस्तो डरलाग्दो अवतारमा देखिए प्रदीप (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । ‘प्रेमगीत ’को तेस्रो सिक्वेल ‘प्रेमगीत ३’ को मोसन टिजर सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा नायक प्रदिप खड्कालाई अन्य फिल्ममा भन्दा फरक अवतारमा देख्न सकिन्छ । टिजरमा प्रदिप घोडामा चढेर हातमा हतियार लिएको र अनुहारमा रगत लतपतिएको अवस्थामा देखिएका छन् । यो फिल्म कात्तिक २२ गतेबाट फ्लोरमा जान लागेको छ । फिल्ममा प्रदिपको जोडी नव नायिका क्रिस्टिना गुरुङ हुनेछिन् ।

आसुशेन फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको फिल्मलाई छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गर्दैछन् । २ सय वर्ष पुरानो प्रेमकथामा आधारित भएका निर्माण हुने फिल्ममा बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन, हिमाल केसीको एक्सन र कविराज गहतराजको कोरियोग्राफी रहेको छ । फिल्ममा प्रदीप र क्रिस्टिनासँगै शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सवृद्धि शाही ठकुरी लगायतका कलाकारहरुले अभिनय गदैछन् । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्मको कुमार सेन र ओएसआर डिजिटल सह निर्मातामा हुन् । यो फिल्म चैत २८ गतेलाई रिलिज हुदैँछ । हेरौ टिजर

Leave a Reply

Your email address will not be published. Required fields are marked *