अनमोलले छोडे फिल्म ‘धुपौरे’

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । नायक अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘धुपौरे’ नबन्ने भएको छ । अनमोलले फिल्ममा काम नगर्ने भनेसँगै नबन्ने सम्भावना बढेको हो । यसअघि अनमोलले आफ्नो होम प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘एन्टि हिरो’ लाई पछि सारेर ‘धुपौरे’ मा साइन गरेका थिए । त्यसपछि अनमोल फिल्मको लागी तौल बढाउने लगायका तयारीमा जुटेका थिए । तर अहिले फिल्मको विषयबस्तु र स्क्रिप्टको परिवर्तन र शूटिङको लागी हतारिएकाले अनमोलले फिल्म छोडेको स्रोतले बताएको छ ।

यता फिल्मका निर्देशन सम्तेन भुटियालाई यसबारेमा सोध्दा , जवाफमा भुटियाले फिल्म ‘धुपौरे’ बन्नेछ । अनमोलले पनि फिल्म छोडेका छैनन् । यो समाचार हल्ला मात्र भएको बताएका छन् । त्यसो त अनमोलले पनि यो विषयमा केही बोलका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *