अवतार २’ १७ डीसेम्बर २०२१ मा रिलिज हुने जेम्स क्यामरुनकोे घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, २५ वैशाख । हलिउडकै अहिलेसम्म सर्वाधिक कमाउने फिल्म ‘अवतार’ को सिक्वेल बन्ने भएको छ । निर्देशक जेम्स क्यामरुनले सिक्वेल ‘अवतार २’ को रिलिज मितिसमेत घोषणा गरेका छन् ।
‘अवतार २’ २०२१ डिसेम्बर १७ तारिखमा रिलिज हुने भएको छ । क्रिसमसको अवसर पारेर फिल्म रिलिज गरिने भएको हो । फिल्मको निर्माण कार्य सुरु भइसकेको छ । ‘अवतार’ रिलिज भएको १० वर्षपछि सिक्वेल बन्न सुरु भएको हो ।
२००९ डिसेम्बर १० मा रिलिज भएको ‘अवतार’ ले २ दशमलव ७८८ बिलियन डलर कमाएको थियो । ‘अवतार २’ को रिलिज मिति घोषणा भएसँगै यो बहुप्रतीक्षित फिल्म बनेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *