काठमाडौंको सुन्दरता बढाउने ज्याकारान्डा, कसको मन लोभिदैन र ? (फोटो फिचर)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौैं, २५ वैशाख । वसन्तको महिना । दिन खुलेको छ । विस्तारै गर्मी बढ्दैछ । धुलो, धुवाँ, जाम, अस्तव्यस्तता र कोलाहलको काठमाडौँ सहरमा ज्याकारान्डा फूलले सुन्दरता थपिदिएको छ ।
बाटो छेउछाउमा फूलेका बैजनी रंगका सुन्दर फूलले यतिबेला काठमाडौं सहर मनमोहक भएको छ । सहिदगेट, टुँडिखेल, रत्नपार्क, दरबारमार्गलगायतका स्थानमा बैजनी रंगको फुलिरहेको फूल हेर्दा जोकोहीको मन लोभिन्छ । यो ज्याकारान्डाको विरुवा विदेशबाट ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *