बार्सिलोना जाने भन्दै नेयमारले गरे रियलको प्रस्ताव अस्विकार, मेस्सीसँग फेरी खेल्ने चाहाना

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्टार नेयमारले रियल मड्रिडको प्रस्ताव अस्विकार गरेका छन् । बार्सिलोना जाने इच्छा व्यक्त गर्दै उनले रियलको प्रस्ताव अस्विकार गरेको इंग्लिस मिडिया एक्सप्रेसले जनाएको छ ।

रियलले क्रिस्टियानो रोनाल्डोको उपयुक्त विकल्प भएको भन्दै नेयमारलाई अनुबन्धको प्रयास गरेको थियो । तर, स्पेनिस आउलेट स्पोर्टका अनुसार नेयमारले बार्सिलोना जाने हुँदा मात्रै पिएसजी छोड्नेछन् ।

हालै रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले नेयमारलाई सेन्टियागो बर्नबेउमा उतार्न उनीसँग कुराकानी गरेका थिए । तर, नेयमारले पेरेजको प्रस्ताव अस्विकार गरेको समचारमा बताइएको छ । नेयमारले बार्साका कप्तान लियोनल मेस्सीसँग फेरी खेल्ने इच्छा व्यक्त गरेको बताइएको छ ।

च्याम्पियन्स लिगमा लिभरपुलसँगको लज्जास्पद हार र कोपा डेल रे को फाइनलमा भ्यालेन्सियासँग पराजित भएपछि बार्सिलोना समेत नेयमारको अभाव महसुस गरेको छ । मेस्सीले क्लबको बोर्डसँग नेयमारलाई फिर्ता ल्याउन माग गरेको समचार आइरहेका छन् । नेयमार सन् २०१७ मा विश्वकिर्तिमानी रकम १९८ मिलियन पाउण्डमा बार्सिलोनाबाट पिएसजी गएका थिए ।

च्याम्पियन्स लिग जित्ने अभियानका साथ पिएसजीले नेयमारलाई अनुबन्ध गरेको थियो । तर, वितेका २ सिजनमा पिएसजीलाई च्याम्पियन्स लिग दिलाउन नेयमार असफल बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *