रियलका गोलकिपर नाभास पिएसजी जाँदै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंः रियल मड्रिडका गोलकिपर केलियर नाभास पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने भएका छन् । रियलमा अपेक्षित अवसर नपाएका नाभास पिएसजी जाने भएका हुन् ।

रियलमा राम्रो प्रदर्शन गरेपनि अवसरको कमीका कारण नाभासले क्लब छाड्ने निर्णय गरेका हुन् । यसअघि प्रशिक्षक जिदानले थिबाउट कोर्टुवा आफ्नो पहिलो रोजाईको गोलरक्षक रहने पक्का गरेपछि नाभासले दोस्रो रोजाईको रुपमा क्लबमा नबस्ने निर्णय लिएका थिए । यता फ्रान्सेली क्लब पीएसजीमा भेट्रान गोलरक्षक जियानलुइजी बुफोनले क्लब छाड्ने भएसँगै नाभासको लागि ढोका खुलेको हो ।

पीएसजीले गत सिजन बुफोनसँगै फ्रान्सेली गोलरक्षक अल्फोन्स एरिओलालाई पनि प्रयोग गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *