बुढ्यौली लागेको कसरी थाहा पाउने ? यस्ता छन् ६ संकेतहरु (जान्नुस्)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हामी कपाल फुलेमा ,कान नसुनेमा र हिड्न नसक्ने भएमा बुढो भएको भनेर भन्दछौँ । यो लक्षणहरु भनेको ५० देखि माथिको मानिसहरुमा हुन्छ । तर चिकित्सकहरुको अनुसार यसरी मानिस एकपटकमा बुढो हुदैनन् । किनभने हामी तनदुरुस्त हुन जसरी सबै अंगहरु बलियो हुनुपर्छ ,त्यसरी नै बुढो हुन पनि उमेर अनुसार अंगहरुमा कमजोरीपन आाउँछ । त्यसैले ३० वर्ष पुगेपछि मानिसहरुमा बुढ्यौलीका संकेतहरु देखा पर्न सुरु हुन्छन् । हेर्नुस् के के लक्षणहरु देखा पर्छन् ।

-बुढो भएको संकेत देखाउने मुख्य अगं छाला भएकाले यो पातलो र कम लचिलो हुन थाल्छ । साथै मसिना रेखाहरु देखा पर्दछ ।

-३० वर्षपछि विस्तारै कपाल पातलो हुदै गएर फुल्न थाल्दछ ।

-चिकित्सकहरुका अनुसार हरेक व्यक्तिमा ३० वर्ष भएपछि मांसपेशीको तन्तुको संख्या तथा त्यसको शक्तिमा कमी हुन थाल्दछ ।

-३० वर्षपछि रक्त सञ्चार कम हुने भएकाले विस्तारै मतिष्क खुम्चिन थाल्छ । अनि सोच्ने शक्तिमा प्रभाव पर्दछ ।

-३० वर्ष पुगेपछि आँखा आँखाको पुतली पछाडिको पारदर्शी अंग कडा र बाक्लो हुने भएकाले आँखाको हेर्न क्षमता कम हुदै जानेछ ।

-मुटुमा समस्या देखिन सुरु हुन्छ । ४० वर्ष पुगेपछि रक्तवाहिका नलीहरु कडा हुने भएकाले मुटुमा रगतको प्रवाह त्रीव गतीमा हुन्छ । त्यसपछि धमनीहरु फैलन सुरु भई समस्या देखा पर्दछ ।

-कानको सुन्ने शक्तिमा विस्तारै कमी हुदै जान्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *