यी ५ हुन् ,बलिउडका सबैभन्दा धेरै सन्तान भएका अभिनेताहरु ! धमेन्द्रको मात्र छन् ६ सन्तान

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । अहिले नेपालमा दुई सन्तान इश्वरको बरदान भन्दै २ सन्तान मात्र जन्माउने चलन चलेको छ । अझ प्रायले त एक सन्तान मात्र पनि जन्माउने गरेका छन् । यसमा धेरै पढेलेखेका मानिसहरु पर्दछन् । तर के कलाकारहरु पढेलेखेका हुदैनन् ? आज हामी त्यस्तै सबैभन्दा धेरै सन्तान भएको बलिउडका अभिनेताको बारेमा कुरा गदै छौँ । हेर्नुस् को को हुन् ?

आमिर खान
आमिर खान पनि बलिउडका धेरै सन्तान भएको अभिनेताहरु मध्ये एकमा पर्दछन् । उनको ३ सन्तान रहेको छ । पहिलो श्रीमती रीनाबाट एक छोरी र छोरा रहेका छन् । दोस्रो श्रीमती किरणबाट एक सन्तान रहेको छ ।

शाहरुख खान
शाहरुख खान बलिउडका सफल र चर्चित अभिनेता हुन् । उनको पनि आमिरको जस्तै ३ सन्तान रहेको छ । तर उनले ३ सन्तानमध्ये अबरामलाई सेरोगेसीबाट जन्म दिएका थिए । आर्यन र सुहानाको आमाकै कोखबाट जन्म भएको थियो ।

सैफ अली खान
बलिउडका अभिनेता सैफ अली खानको पनि ३ सन्तान रहेको छ । उनको पहिलो श्रीमती अमृता सिंहबाट सारा अली खान र इब्राहिम अली खानको जन्म भएको थियो । त्यस्तै दोस्रो श्रीमती करिना कपुरबाट तैमुरको जन्म भएको थियो ।

संजय दत्त
सबैभन्दा धेरै विवाह गर्ने र धेरै सन्तान भएको अभिनेता संजय दत्त हुन् । उनले ३ विवाह गरेका थिए भने ३ सन्तानै रहेको छ । उनको पहिलो श्रीमती त्रिशलाबाट एक र तेस्रो श्रीमती मान्यताबाट २ सन्तान रहेका छन् । तर दोस्रो श्रीमतीबाट सन्तान जन्मेको छैन् ।

धर्मेन्द्र
दुई विवाह गरेका धर्मेन्द्रको ६ सन्तान रहेका छन् । पहिलो श्रीमती प्रकाश कौरबाट सनी, बबी, अजिता र विजेता ४ जनाको जन्म भएको थियो ।त्यस्तै दोस्रो श्रीमती हेमा मालिनीबाट इशा र अहानाको जन्म भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *