‘धुर्मुस–सुन्तली’को फिल्म ‘सेन्टी भाइरस’ को औपचारिक घोषणा

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ । हाँस्य कलाकार सिताराम कट्टेल ( धुर्मस) र कुञ्जना घिमिरे (सुन्तली) ले लामो समयदेखि निर्माण गर्न लागेको फिल्म ‘सेन्टी भाइरस’ को औपचारिक घोषणा भएको छ । राजधानीमा एक कार्यक्रमबीच फिल्मको नाम पहिले ‘एन्टी भाइरसदेखि छल कपट’सम्म चर्चामा आएपनि ज्योतिषिले नै जुराएको नाम ‘सेन्टी भाइरस’ नै बन्ने घोषणा गरिएको हो । कार्यक्रममा फिल्मका निर्माण टिमका साथै अन्य थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो ।

सुबिहानी फिल्मस् प्रा.लिको ब्यानरमा बन्ने फिल्ममा शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत र कुमार कट्टेल ( जिग्री)र दीपक आचार्यको लेखन रहेको छ । फिल्मको डिन्डु लामा निर्माता र फूर्पा लामा सह–निर्माता हुन् । सामाजिक विषयवस्तु र कमेडी जनरामा बन्ने फिल्ममा सिताराम कट्टेल र कुञ्जना घिमिरेसँगै दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेल, सुर्यमाला खनाल, बसन्त भट्ट र दीपक आचार्य लगायतका थुपै कलाकारहरुको अभिनय रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *