चलचित्र ‘पोई पर्यो काले’ को शीर्ष गीत सार्वजनिक (भिडियो)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । नेपाली कथानक चलचित्र ‘पोई पर्यो काले’ को शीर्ष गीत सार्वजनिक भएको छ । लोक शैलीमा तयार भएको गीतमा रामचन्द्र काफ्ले र अन्जु पन्तको स्वर रहेको छ । गीतमा नृपेश उप्रेतीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको छ । गीतको भिडियोमा चलचित्रमा मुख्य कलाकार सौगात मल्ल, आकाश श्रेष्ठ, पूजा शर्मा, श्रृष्टि श्रेष्ठ लगायतले अभिनय गरेका छन् ।

राजिव गुरुङ (दिपक मनाङ्गे) र सरोज नेपालीको लगानी रहेको चलचित्रको अमलादेवी राई कार्यकारी निर्माता हुन् । चलचित्रमा शिव ढकालको छायाकंन ,तारा थापा ‘किम्भे’को सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी र शिशिर राणाको लेखन तथा निर्देशन रहेको छ । चलचित्रमा सौगात , पूजा , आकाश , श्रृष्टीसँगै, राजाराम पौडेल, सोहित मानन्धर, विन्दा खतिवडा, जयनन्द लामा लगायतका थुप्रै कलाकारले अभिनय गरेका छन् । यो चलचित्र कात्तिक ८ गतेबाट रिलिज हुदैँछ । हेरौ गीत

Leave a Reply

Your email address will not be published. Required fields are marked *